यी तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुन सक्रिय रहँदा आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागमा रहँदा देशभर मनसुनी प्रभाव कायम छ । तर, जलवाष्पयुक्त हावाको प्रभाव तुलनात्मक रूपमा केही कमजोर हुँदा देशव्यापी रूपमा ठूलो वर्षा भने भएको छैन । हाल बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ । यी क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पनि देशभर बदली रही कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुनेछ ।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ । भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री