किन झर्छ कपाल ? कसरी गर्ने रोकथाम ?

काठमाडाैँ । उमेर वढ्दै गएपछि पुरुषको मात्र नभएर महिलाको समेत कपाल झर्न थाल्छ। यद्यपी पछिल्लो समयमा उमेर नपुग्दै कपाल झर्ने समस्या वढ्न थालेको छ। कपाल झर्नु आफैँमा रोग भने होइन। तर, कपाल झर्नु टाउको दुखाईको विषय बनिरहेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कपाल झर्नुको प्रमुख कारण वंशानुगत गुण हो। यद्यपी सबैमा यो देखिँदैन। पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ। जसका कारण कपाल झर्न सुरु गर्छ। २० वर्षपछि यस्तो हुन्छ। यसको प्रभाव बढीजसो तालुमा देखिन्छ।

पुरुषमा टेस्टोस्टेरोन हर्मोन तीब्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल बिस्तारै भर्न सुरु गर्छ। दैनिक काम वा अन्य विभिन्न कारणबाट उत्पन्न हुने तनावले कपाल झर्ने गर्छ। धुमपान मध्यपानले पनि कपाल झर्न सक्छ। कपाल रंग्याउने रसायनयुक्त पदार्थको कारण पनि कपाल भर्न सक्छ।

वंशानुगत गुण, बढ्दो उमेर र हर्मोन जस्ता कारणले कपाल झरेको भए यसलाई रोक्न गाह्रै होला। तर, अस्वस्थ खानपान, धुम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोगले कपाल झरेको भए यसलाई रोक्न सकिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

प्रतिकृया दिनुहॊस