मन्दाकिनी हाइड्रोपावरको नाफा २२.९४ प्रतिशतले बढ्यो, ईपीएस र लगानीमा पनि सुधार

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गरेको देखिएको छ। कम्पनीले सो अवधिमा ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशतले वृद्धि भएको हो।

नाफासँगै कम्पनीको वार्षिक प्रतिकित्ता आम्दानी (EPS) पनि बढेर ६.१७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५.२७ रुपैयाँ थियो। बिजुली बिक्रीबाट आम्दानी १.५१ प्रतिशतले बढेर १० करोड ९१ लाख रुपैयाँ पुगेको छ। यद्यपि प्रशासकीय खर्च भने उल्लेखनीय रूपमा ४६.७७ प्रतिशतले बढेर ५२ लाख ४३ हजार रुपैयाँमा पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ५ प्रतिशतले वृद्धि भई ६४ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने अन्य इक्विटी २४.५७ प्रतिशतले वृद्धि भई ४ करोड ६१ लाख रुपैयाँमा पुगेको छ। सम्पत्ति, संयन्त्र तथा उपकरण शीर्षक अन्तर्गत ३७.७२ प्रतिशतले वृद्धि भई ९५ लाख ३५ हजार रुपैयाँ पुगेको छ भने कुल लगानी ५७.३८ प्रतिशतले उकालो लागेर ६ करोड ४ लाख रुपैयाँ पुगेको छ।

मन्दाकिनीको खुद मूल्य प्रतिकित्ता (Net Worth Per Share) १०७.१३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १०६.०१ रुपैयाँ थियो। चौथो त्रैमासको अन्त्यसम्म मन्दाकिनीको सेयर मूल्य ६०२.३८ रुपैयाँमा कारोबार भइरहेको छ भने मूल्य–आर्जन अनुपात (PE Ratio) ९७.६५ गुणा रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री