काठमाडौं । नेपालका उपभोक्तालाई अन्तर्राष्ट्रिय गुणस्तरको ऊर्जा पेय उपलब्ध गराउँदै आएको ‘रेड बुल नेपाल’ अब आईएसओ २२०००ः२०१८ प्रमाणित बनिसकेको छ। यस सफलताको साथ, रेड बुलले अब एक कदम अघि बढेर खाद्य सुरक्षा व्यवस्थापनको उच्चतम मापदण्डको मान्यता प्राप्त गरेको छ।
सरस बेभरेजद्वारा सञ्चालित अमरापुरीस्थित अत्याधुनिक उत्पादन केन्द्रले विश्वव्यापी खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको मान्यता प्राप्त मापदण्ड पूरा गर्दै यो प्रतिष्ठित प्रमाणपत्र हासिल गरेको हो। यो उपलब्धिले रेड बुलको हर एक क्यानमा गुणस्तर, सरसफाइ, र उपभोक्ता सुरक्षाप्रतिको गहिरो प्रतिबद्धता प्रस्टसँग उजागर गर्दछ।
आईएसओ २२००० प्रमाणपत्रले कच्चा पदार्थको छनोटदेखि अन्तिम प्याकेजिङ्गसम्मका सम्पूर्ण प्रक्रियाहरूलाई अन्तर्राष्ट्रिय खाद्य सुरक्षा मापदण्ड अनुसार संचालन गरिएको पुष्टि गर्दछ। यसका साथै, यो प्रमाणिकरणको साथ, रेड बुलले उपभोक्ताप्रति भरोसा दिलाउने पेयको रूपमा आफ्नो स्थानलाई झनै मजबुत बनाएको छ, जसलाई ढुक्क भएर पिउन सकिन्छ।
रेड बुल एनर्जी ड्रिंक नेपालमै सरस बेभरेज द्वारा उत्पादन हुँदै आएको छ। अमरापुरीस्थित यो ग्रिनफिल्ड उत्पादन केन्द्र अत्याधुनिक प्रविधि, पूर्ण स्वचालित प्रणाली, र विश्वस्तरका सुरक्षा तथा वातावरणीय प्रोटोकलहरूमा आधारित रहेर सञ्चालन हुँदै आइरहेको छ। यस कारखानाको विशेषता भनेको यसका आधाभन्दा बढी ऊर्जा आवश्यकताहरू नवीकरणीय स्रोतहरूबाट पूरा गर्नु हो, जसले रेड बुलको दिगो उत्पादनप्रतिको प्रतिबद्धतालाई प्रस्ट पार्दछ।
यस प्रमाणीकरणले रेड बुल नेपाललाई उच्चतम खाद्य सुरक्षा र गुणस्तर मानक पूरा गर्ने ब्रान्डको रूपमा आफ्नो स्थानलाई अझ प्रबल बनाएको छ।



