काजी स्टुडियोका संस्थापक श्रेष्ठको काँधमा सिएनआईवाईइएफको नेतृत्व

पोखरा । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को नेतृत्व युवा उद्यमी तथा काजी स्टुडियोका संस्थापक मनिष श्रेष्ठले सम्हाल्नुभएको छ । पोखरामा शुक्रबार सम्पन्न मञ्चको वार्षिक साधारणसभाले सर्वसम्मतरूपमा उहाँलाई सन् २०२५-२०२६ कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

विगत चार वर्षदेखि मञ्चमा सक्रिय रूपमा आवद्ध श्रेष्ठलाई निवर्तमान अध्यक्ष आशिष अग्रवालले पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले युवा उद्यमीहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने मञ्चको मूल उद्देश्यलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको लर्निङ चेयरमा सुगम घिमिरे, मेम्बर इन्टिग्रेशन चेयरमा पुनित अग्रवाल, ग्रोथ एण्ड एक्सपान्सन चेयरमा निदा दुन मल्ल र फाइनान्स चेयरमा यश अग्रवाल चयन हुनुभएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध चेयरमा अंकुर अग्रवाल, स्टार्टअप चेयरमा चिराग सरावागी, नेटवर्क एण्ड कम्युनिकेसन चेयरमा साइनी खेतान र स्टार्टअप को-चेयरमा सुजीत रेग्मी रहनुभएको छ ।

कार्यक्रममा वर्षभरि उत्कृष्ट कार्य गर्ने सदस्य तथा च्याप्टरलाई सम्मान गरिएको थियो । ‘सबैभन्दा सक्रिय सदस्य’ को अवार्ड सुदयकान्त झाले प्राप्त गर्नुभयो । त्यसैगरी, ‘सबैभन्दा बढी सदस्यता विस्तार’ गरेबापत सिएनआईवाईइएफ लुम्बिनी च्याप्टरलाई पुरस्कृत गरियो । मञ्चको प्रतिनिधित्व गर्दै लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सार्क ट्याङ्क नेपाल’ मा सहभागी हुनुभएका मनिष श्रेष्ठ, सुजीत रेग्मी र अरुण अग्रवाललाई सम्मान स्वरूप ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।

सन् २००८ मा स्थापित नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, परिसंघ अन्तर्गतको एक dynamique युवा संगठन हो । यसले स्थापनाकालदेखि नै युवाहरूमा उद्यमशीलताको भावना जागृत गराउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा उद्योग व्यवसायका लागि आवश्यक नीतिगत बहस पैरवी गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री