सिटिजन्स बैंकद्वारा नारायणघाटमा सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा संचालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भरतपुर म.न.पा. ३ मा रहेको शाखालाई वाड नं. २ मा स्थानान्तरण गरि बैंकिङ्ग कारोबार सुरु गरेको छ ।

शाखाको उद्घाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

औद्योगिक नगरी नारायणघाटमा आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पु¥याँउने हेतुले विभिन्न नयाँ योजनाहरु प्रभावकारी ढंगले संचालन गर्ने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टीभीएसको बाइक खरिदमा साहले जिते १० लाख

काठमाडौँ । टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु.१० लाख ५ हजार …

प्रतिकृया दिनुहॊस