खिर खाने दिनमा नेवि संघ विश्व भाषा क्याम्पसद्वारा रक्तदान

काठमाडौँ । साउन पन्ध्रको सांस्कृतिक महत्वलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नेपाल विद्यार्थी संघ (नेवि संघ), विश्व भाषा क्याम्पस इकाई समितिले एक उदाहरणीय कार्यक्रम सम्पन्न गरेको छ । ‘खिर खाने दिन’ को अवसरमा क्याम्पस परिसरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा विद्यार्थी तथा अन्यले उत्साहपूर्वक सहभागिता जनाएका छन् ।

भृकुटीमण्डपस्थित क्याम्पस परिसरमा आयोजित उक्त कार्यक्रममा ५० जना स्वयंसेवीले रक्तदान गरेका छन् । कार्यक्रमलाई थप गरिमामय बनाउन नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शशांक कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले रक्तदान गर्ने सम्पूर्ण स्वयंसेवीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको मानवीय सेवा भावको उच्च प्रशंसा गरे ।

सो अवसरमा बोल्दै नेता कोइरालाले विद्यार्थीहरूले आफ्नो शैक्षिक कर्मसँगै समाजसेवामा देखाएको सक्रियता प्रेरणादायी भएको बताए। ‘रक्तदान जीवनदान हो। आज तपाईंहरूले यो महान् कार्यमा सहभागी भएर कसैको जीवन बचाउने पुण्य काम गर्नुभएको छ,’ कोइरालाले भने, ‘नेवि संघले यस्ता रचनात्मक र मानवीय कार्य गरेर समाजमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री