फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार १ लाख ९४ हजार ४ रुपौयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ४० रुपैयाँले घटेर २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ९८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ४६ रुपैयाँ रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री