काठमाडौं । इन्ड्राइभले प्लेटिनम चालक उपहार पुरस्कार हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम सन्चालन गर्दै इन्ड्राइभले राइडरहरुले यात्रुहरु प्रति दिएको सेवा सुविधाका साथै एप्सलाई दिएको योगदानलाइ सम्मान दिनको लागि प्लेटिनम चालक उपहार पुरस्कार हस्तान्तरण गरेको हो ।
पुरस्कार हस्तानतरणमा ग्राण्ड प्राइज विजेता मध्ये एकजना कार राइडरलाई कार र बाइक राइडरलाई बाइक उपहार दिएर सम्मान गरिएको इन्ड्राइभ नेपालकी चालक सञ्चालक विशेषज्ञ सुनिता जेमि राईले बताएकी छन् । राइडरले ३० जुन देखि १३ जुलाईसम्म सबैभन्दा धेरै राइड गर्नेलाई छानेर प्राइज दिएको उनले बताइन् । उनले कार विजेता र बाइक विजेताको ट्याक्स भने कम्पनीले नै बेर्होने बताएकी छन् ।
साथै उनले राइडरले प्लेटिनम स्टाटस मेन्टेन गरे वापत ५ जना राइडरलाई स्र्माट फोन, १० जना राइडरलाई एयरवर्ड, र १० जना राइडरलाई स्मार्ट घडि प्रदान गरेको पनि बताइन् ।




