काठमाडौं । नेपाल प्रहरीको २४ सै घण्टा सञ्चालनमा रहने आकस्मिक हटलाइन नम्बर १०० प्राविधिक मर्मतका कारण केही घण्टा अवरुद्ध हुने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आज (बुधबार) चार घण्टाका लागि सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
कार्यालयको भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्ष (Police Control Room) बाट सञ्चालन हुने काठमाडौँ जिल्लाको आकस्मिक सेवामा प्राविधिक मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको सूचनामा उल्लेख छ । सूचना अनुसार, साउन १४ गते बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म हटलाइन सेवा पूर्ण रूपमा बन्द रहनेछ । सेवा अवरुद्ध रहँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति नेपाल प्रहरीले क्षमायाचना गरेको छ ।
उक्त अवधिमा प्रहरी सहायता आवश्यक परेमा निम्न वैकल्पिक नम्बरहरूमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ :-
-
प्रहरी कन्ट्रोल रुम: ९८५१२८३०२६
-
ट्राफिक कन्ट्रोल रुम: १०३, ९८५१२९२५००
-
जिल्ला प्रहरी परिसर, काठमाडौँ: ९८५१२८३०१२
-
जिल्ला प्रहरी परिसर, ललितपुर: ९८५१२८३०१७
-
जिल्ला प्रहरी परिसर, भक्तपुर: ९८५१२८३०२०





