काठमाडौँ । प्रोटोन नेपालले देशभर विद्युतीय गतिशीलतालाई तीव्र पार्ने ब्रान्डको अभियानको रूपमा पर्यटकीय शहर पोखरामा आफ्नो पछिल्लो शोरुम आधिकारिक रूपमा खोलेको छ ।
पोखराको बुद्ध चोकमा खोलिएको नयाँ शोरुमले ग्राहकहरूलाई प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन इमास ७ को प्रत्यक्ष अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौँमा सफल सुरुवात पछि, पोखरा खोलिएको शोरुम, २०२५ सम्ममा राष्ट्रव्यापी विद्युतीय सवारी साधन (इभि) नेटवर्क स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाको महत्त्वपूर्ण हिस्सा भएको कम्पनीले बताएको छ ।
यस अवसरमा प्रोटोनले सम्भावित ग्राहकहरूको लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, र सजिलो फाइनान्स र सरकारी अनुदान विकल्पहरूमा बारे पनि सहजीकरण गरेको जानकारी दिएको छ ।
शोरुमको उद्घाटन प्रमुख अतिथि वेस्टर्न अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रममा वडाको कार्यकारी समिति, एफएनसीसीआईको कार्यकारी समिति, होटल एसोसिएसन नेपाल–पोखरा च्याप्टर, एनवाईईएफका कार्यकारीहरू र मिडियाका सदस्यहरूको उपस्थिति थियो ।
यस अवसरमा जगदम्बा मोटर्सले पहिलो हप्ताको लागि पोखरामा प्रोटोन ग्राहकहरूको लागि शून्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ ।




