काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य वित्तीय प्रगति हासिल गर्दै आफ्नो नेटवर्थ ६ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चुक्ता पूँजी ५ अर्ब १ करोड र कुल लगानी ४६ अर्ब रुपैयाँ नाघेको छ ।
जीवन बीमा कोषमा ४२ अर्ब रुपैयाँ संचित गर्दै कम्पनीले ३४ लाख बीमालेख जारी गरिसकेको छ । देशभरका १७३ शाखा कार्यालय र १ लाख ३ हजार ७३८ प्रशिक्षित अभिकर्तामार्फत सूर्यज्योतिले आफ्ना सेवाहरू विस्तार गरिरहेको छ ।
कम्पनीले बीमा क्षेत्रमै पहिलो पटक सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुविधा प्रदान गर्दै आएको दाबी गरेको छ । यसले बीमितहरूलाई आर्थिक सुरक्षाको फराकिलो दायरा प्रदान गरेको छ ।
हालै, सूर्यज्योतिले करिब २०० कर्मचारीको उपस्थितिमा “सेल्स कन्भेन्सन २०८२” भव्यताका साथ सम्पन्न गरेको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि “वि क्यान” (We Can) भन्ने मूल नारालाई आत्मसाथ गर्दै सम्पूर्ण कर्मचारीहरू एकजुट भएर लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रण गरिएको थियो ।
कार्यक्रममा भारतका चर्चित सेल्स प्रशिक्षक अनिल कुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माण तथा बिक्री कलासम्बन्धी विशेष प्रशिक्षण दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बीमितको हितलाई सर्वोपरि राख्दै कम्पनीको मूल्य र मान्यतामा आधारित भएर काम गर्न कर्मचारीहरूलाई प्रोत्साहित गरे ।
उत्कृष्ट कर्मचारी सम्मानित
सोही अवसरमा कम्पनीले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ । “बेस्ट इम्प्लोई अफ द इयर” अन्तर्गत ५ विधामा विभिन्न कर्मचारी पुरस्कृत भएका छन्:-
-
प्रदेश प्रमुख: मोहन पुरी (प्रदेश ७)
-
रिजनल म्यानेजर: राम प्रसाद उपाध्याय (सु.प. हिल)
-
ब्रोन्च म्यानेजर: रबिन्द्र प्रसाद शर्मा (दैलेख ब्रोन्च)
-
ब्रोन्च अपरेशन: सन्जय सुन्दास (नयाँबानेश्वर शाखा)
-
सेल्स एक्जुकेटिभ: सन्तोष ज्ञवाली (बुटवल पाल्पारोड शाखा)




