काठमाडौं । काठमाडौँको तिनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-१ डुम्जाका बिरामीलाई काठमाडौँको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेतिर दुर्घटनामा परेको हो ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएको बताए।
एम्बुलेन्समा चालक मात्र थिए । चालक दुर्गा कोइराला सामान्य घाइते रहेको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




