काठमाडौं । होनरले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स६सी नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई लक्षित गरेर तयार गरिएको यो स्मार्टफोन स्टाइलिस, स्मार्ट र एआई फिचरले भरिपूर्ण छ । दमदार प्रदर्शन, बलियो बनावट र सुलभ मूल्यका कारण अनर एक्स६सी नयाँ पुस्ताका लागि उपयुक्त स्मार्टफोन हुने कम्पनीको विश्वास छ ।
यो स्मार्टफोनमा १.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी ६४ प्रोटेक्सन र एआई एक्सन बटन जस्ता विशेषता राखिएको छ । अनर एक्स६सी लाई स्मार्ट बजेट एआई फोनको रूपमा प्रस्तुत गरिएको छ र सीमित अवधिको अफरअन्तर्गत खरिद गर्दा चार हजारबराबरको अनर एक्स७ई एक्टिभ इयरबड्स निःशुल्क पाइनेछ ।
कम्पनीले सुरुआती लञ्च अफरअन्तर्गत दिएको यो विशेष उपहार साउन १५ गतेसम्म मात्र उपलब्ध हुनेछ । यस अफरको फाइदा उठाउन इच्छुक ग्राहकहरूले नजिकको अनर आउटलेट वा अधिकृत स्टोरमा गई आजै आफ्नो होनर एक्स६सी खरिद गर्न सक्नेछन् । सस्तोमा उत्कृष्ट प्रविधिको अनुभव लिन चाहनेका लागि यो स्मार्टफोन एउटा उत्कृष्ट विकल्प भएको कम्पनीको भनाइ छ ।



