पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । पोखरामा कोरोना संक्रमणका कारण एक वृद्ध महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले ७४ वर्षीया महिलाको कोरोना संक्रमण पुष्टि भएपछि निधन भएको जानकारी दिए । उनका अनुसार महिला ८ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत थिइन् ।

‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ । ८ दिन अघि कोरोना डिटेक्ट भएको र हिजो मृत्यु भएको भन्ने आएको छ,’ निर्देशक खड्काले भने ।

अस्पताल प्रशासनका अनुसार ती महिलामा उच्च रक्तचाप र मधुमेहजस्ता पुराना रोगहरू पनि देखिएका थिए ।

निर्देशक खड्काले कोरोना संक्रमणसँगै अन्य स्वास्थ्य समस्या पनि रहेकाले मृत्युको स्पष्ट कारण अझै प्रष्ट नभए पनि संक्रमण पुष्टि भइसकेको जानकारी दिए ।

‘अरू बिरामी पनि थिए भन्ने छ । कोरोना पनि एसोसिएट हुन आयो,’ उनले भने, ‘अरू कारण पनि हुन सक्छन्, तर कोरोना भन्ने पुष्टि भएको हो ।’

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री