काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबार दुईवटा कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ। बोर्डले शिवश्री हाइड्रोपावर र सिटी होटललाई हकप्रदका लागि स्वीकृति प्रदान गरेको हो।
शिवश्री हाइड्रोले बोर्डबाट १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर १ः१ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँमा हकप्रदको अनुमति पाएको हो।
यस्तै सिटी होटलले पनि अंकित मूल्यमा १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर १ः०.८० प्रतिशतका हिसाबमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो।
तपाईंको प्रतिकृया




