राप्रपामा विवाद : मुकुन्दश्यामलाई पुनर्बहाली गर्न १६ नेताको संयुक्त अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि उत्कर्षमा पुगेको छ ।

अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाएकै कारण गिरीलाई कारबाही गरिएको भन्दै पार्टीको कर्णाली प्रदेशका १५ जना केन्द्रीय पदाधिकारी र सदस्यहरूले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । अध्यक्ष लिङ्देनको कदम पार्टीको विधानविपरीत भएको दाबी गर्दै उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विवादको सुरुवात केही दिनअघि वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष गिरी, महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त रूपमा विज्ञप्ति जारी गरी अध्यक्ष लिङ्देनको कार्यशैली र पार्टी सञ्चालन प्रक्रियामाथि प्रश्न उठाएपछि भएको थियो । उक्त विज्ञप्तिमा हस्ताक्षर गरेकै कारण अध्यक्ष लिङ्देनले गिरीलाई पदबाट हटाउने निर्णय लिएका थिए ।

पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेका गिरीमाथिको कारबाहीले राप्रपाभित्र तरंग पैदा गरेको छ । कर्णालीका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधानविपरीत गरिएको कारबाहीले पार्टी एकतामा गम्भीर आँच पुर्‍याएको छ । यो निर्णय तत्काल फिर्ता गरी पार्टीलाई एकढिक्का बनाउन अध्यक्षज्यूलाई आग्रह गर्दछौँ ।’

  • कारबाही फुकुवाको माग गर्नेहरू:

गिरीमाथिको कारबाही फिर्ता लिन संयुक्त अपिल गर्नेहरूमा महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म रहेका छन् :-

१. कुन्ति कुमारी शाही, महामन्त्री
२. दिपबहादुर शाही, अध्यक्ष, कर्णाली प्रदेश
३. सत्यबहादुर शाही, केन्द्रीय सदस्य, कालीकोट
४. कालिबहादुर शाही, केन्द्रीय सदस्य, हुम्ला
५. सुनिता शाह, केन्द्रीय सदस्य, सुर्खेत
६. सौरेन्द्र बहादुर शाह, सहायक महामन्त्री, रुकुम पश्चिम
७. यज्ञ बहादुर सिंह, केन्द्रीय सदस्य, जाजरकोट
८. जनक सिंह ठकुरी, केन्द्रीय सदस्य, सुर्खेत
९. भिम बहादुर शाही, केन्द्रीय सदस्य, जुम्ला
१०. अनुपम सिं श्रेष्ठ, केन्द्रीय सदस्य, सल्यान
११. दिपक मल्ल, केन्द्रीय सदस्य, रुकुम पश्चिम
१२. दिपक खनाल, केन्द्रीय सदस्य, जाजरकोट
१३. बबिता शाही, केन्द्रीय सदस्य, दैलेख
१४. धनसुर शाही, केन्द्रीय सदस्य, कालिकोट
१५. अमर गिरी, आमन्त्रित केन्द्रीय सदस्य, सल्यान
१६. टीका योगी, अध्यक्ष, सुर्खेत-काठमाडौं सम्पर्क समाज

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री