सिद्धार्थ बैंकको १६ वर्ष पुरा, उच्चस्तरीय बैैकिङ्ग सेवामा प्रतिवद्ध

काठमाडौं । आधुनिक र सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित सन् २००२ देखि बैंकिङ्ग सेवा शुरु गरेको सिद्धार्थ बैंकले स्थापनाको १६ वर्ष पुरा गरेको छ ।

प्रविधिको अधिकतम सदुपयोग गर्दै देशका सुगमदेखि दुर्गम भेगसम्मका सम्पूर्ण उद्यमी, व्यवसायी, संघ संस्था एवं सर्वसाधरणलाई छिटो छरितो र भरपर्दोरुपमा विभिन्न प्रकारका कर्जा तथा निक्षेप सेवा, कार्ड एवं इन्टरनेट बैंकिङ्ग सेवा, रेमिटान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले बैंकिङ्ग उद्योगमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ ।

हाल बैंकले नेपालभर १ सय २९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १ सय ३९ एटीएम र १ हजार १ सय भन्दा बढी  पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस