हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उनले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए।

अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटौँडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

ध्यानाकर्षण पत्रमा उद्योग सञ्चालनमा लापरबाही भएको, कर्मचारीका माग बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलाप भइरहेकाले यस्ता गतिविधि रोक्न तथा उद्योगका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको छ। टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इञ्चार्ज विजय गौतमलगायत ट्रेड यनियनका नेताहरू सहभागी थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री