नवकान्तिपुर बहुउद्देश्यीय सहकारीद्वारा एटीएम सेवा

काठमाडौं । नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवाको शुभारम्भ गरेको छ । संस्थाको जग्गा परिसर गौशलामा उक्त एटीएमको उद्घाटन संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले गरेका छन् । यो एटीएम कार्ड संस्थाका सदस्यहरुलाई पुस मसान्तसम्म निःशुल्क प्रदान गरिने संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

हाल देशका विभिन्न बैंक वित्तीय संस्थाका गरी एससीटी नेटवर्कका नेपालभर रहेका २ हजार भन्दा बढी एटीएम मेसिनहरु सञ्चालनमा रहेका छन् । आफ्ना सदस्यहरुलाई प्रविधि मैत्री छिटो, छरितो र प्रभाकारी सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको संस्थाले जानकारी दिएको छ ।

२१ औँ बार्षिकोत्सव मनाएको संस्थाले छुट्टै ‘एप’ समेत सार्वजनिक गरिसकेको छ । संस्थामा जगेडा तथा अन्य कोषहरु गरी रु. १२ करोड ५८ लाख २५ हजार ७०१ रहेको छ । सञ्चालन बचत (मुनाफा) रु. ४ करोड ३३ हजार ६३४ रहेको संस्थाले आफ्ना सदस्यहरुलाई १८ प्रतिशतको दरले लाभांश दिएको छ । भने चुक्ता पूँजी रु. ६ करोड १८ लाख ९३ हजार ८ सय रहेको संस्थाको कुल निक्षेप रु. २ अर्ब ५ करोड ८९ लाख ८५ हजार २८८ रहेको छ भने कर्जा लगानी रु. १ अर्ब २४ करोड ११ लाख ३० हजार ८१७ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस