सकियो डिशहोम सोलिडारिटी फुटसल कप-२०२५

काठमाडौं । व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको डिशहोम सोलिडारिटी फुटसल कप २०२५ भव्य रूपमा सम्पन्न भएको छ।

वन ट्री हिल फुटसल, भैसेपाटीमा असार १४ र २१ गते आयोजित प्रतियोगितामा १४ कम्पनीका १७ टिमले सहभागिता जनाएका थिए। टिमहरूलाई चार समूहमा विभाजन गरी समूहचरण, क्वाटरफाइनल र सेमिफाइनल हुँदै फाइनलमा CG Communication Ltd. र Nepal Digital Service (NDS) पुगेका थिए।

CG Communication Ltd. ले NDS लाई हराउँदै उपाधि जित्यो। खेलको पहिलो हाफमै सुशील श्रेष्ठ र सलिन श्रेष्ठले गोल गर्दै CG लाई अग्रता दिलाए। दोस्रो हाफमा थप गोल गर्दै जित पक्का गरे। तेस्रो स्थानको खेलमा Optinet Solution ले IME Cooperative लाई हराउँदै स्थान सुनिश्चित गर्‍यो।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि धिरज बास्कोटा (Optinet Solution) ले प्राप्त गरे भने उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (CG Communication) घोषित भए। विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टिमले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरे।

समापन समारोहमा डिशहोमका CEO तारा मानन्धर ले विजेता टोलीहरूलाई पुरस्कार वितरण गर्दै प्रतियोगिता सफल भएको उल्लेख गरे। उनले आगामी वर्षहरूमा पनि यस्तो प्रतियोगिता निरन्तर आयोजना गर्दै सहकार्य, सम्बन्ध र स्वास्थ्य प्रवर्द्धन गरिने बताए।

‘स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ भन्ने नारासहितको यो प्रतियोगिता कम्पनीबीचको समन्वय र सहयोगको एउटा उत्कृष्ट नमुना बनेको सहभागीहरूले बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री