काठमाडौँ । फर्निचर ब्रान्ड ‘सोफा हब काठमाडौँ’ले आफ्नो व्यवसाय विस्तार गर्दै रुपन्देहीको बुटवलमा दशौं शाखा सञ्चालनमा ल्याएको छ। आफ्नो पाँचौं वार्षिकोत्सवको अवसर पारेर कम्पनीले नयाँ शाखा उद्घाटनसँगै देशभरका ग्राहकका लागि विशेष छुट योजनासमेत सार्वजनिक गरेको छ।
कम्पनीका प्रोप्राइटर तारालाल धरेलका अनुसार श्रावणको पहिलो साताभरि जुनसुकै शाखाबाट ३५ हजार रुपैयाँभन्दा माथिको सोफा खरिद गर्ने ग्राहकले १५ प्रतिशत छुट पाउनेछन्।
त्यसैगरी, नयाँ बुटवल शाखाबाट खरिद गर्ने ग्राहकलाई निःशुल्क डेलिभरी, १० देखि १५ वर्षको वारेन्टी र खरिद मूल्यअनुसार ५ हजारदेखि २० हजार रुपैयाँसम्मको थप छुट प्रदान गरिने उनले बताए। काठमाडौँको गोठाटार शाखामा भने सोफा खरिदमा स्मार्ट वाच उपहारको व्यवस्था मिलाइएको छ।
बुटवलसँगै सोफा हबले काठमाडौँका गोठाटार, कलंकी र सामाखुसी, चितवनको लंकु (दुई स्थान), पोखराको मालेपाटन, नेपालगन्जको राँझा, बिर्तामोड र धनगढीको अत्तरिया गरी देशभर १० स्थानबाट सेवा दिइरहेको छ।
प्रोप्राइटर धरेलले आफूहरूले ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरीय र भरपर्दो सोफा उपलब्ध गराउने लक्ष्य राखेको बताए। पाँच वर्षको छोटो अवधिमै देशका प्रमुख सहरहरूमा बलियो उपस्थिति जनाउनुले कम्पनीको सफलता दर्शाउने उनको भनाइ छ।




