नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आबद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि आबद्ध भएको छ। अब उक्त संस्थाका करिब ६ सय कर्मचारी सामाजिक सुरक्षा सुविधाले आवृत्त हुनेछन्।

यस सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गरेका छन्।

कोषको उपदान तथा पेन्सन योजना एक प्रकारको दीर्घकालीन सामाजिक सुरक्षा कार्यक्रम हो, जसअन्तर्गत संगठित संस्थाहरू तथा तिनीहरूमा कार्यरत कर्मचारीहरूले योगदान आधारित वा गैर-योगदान आधारित ढाँचामा आवद्ध हुन सक्छन्।

नेशनल लघुवित्तले ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था भएर देशभर १८५ शाखामार्फत ७४ जिल्लामा वित्तीय पहुँच विस्तार गरेको छ। हाल यस लघुवित्तबाट करिब २ लाख ४१ हजार घरपरिवार लाभान्वित भइरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री