नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूलाई विराट मेडिकल अस्पताल र विराट नर्सिङमा विशेष छुट

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरी भिन्ना–भिन्नै सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत एनआईएमबीका ग्राहकवर्गहरुले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपिडी परामर्शमा ५० प्रतिशत छुट, सामान्य ल्याब रुटिन, एक्स–रे, युएसजी/इसीजी, सिटी स्क्यान /एमआरआई, खुला अपरेसन थिएटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट र विशेष परीक्षण, ल्याब अपरेसन थिएटर तथा आइसियु/एनआईसीयू/पिआईसीयूमा ५ प्रतिशत छुट पाउनेछन् ।

साथै, सम्झौता अन्तर्गत एनआईएमबीका ग्राहकहरुलेविराट नर्सिङ होममा सामान्य ओपिडी परामर्श, एक्स–रे, युएसजी/इसीजी, खुला अपरेसन थिएटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट, विशेष परीक्षण, ल्याब अपरेसन थिएटर, आइसियु/एनआईसीयू/पिआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५ प्रतिशत छुट र सिटी स्क्यान/एमआरआईमा ७५० सम्म छुट पाउने बैंकले जनाएको छ ।

यस विशेष छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिब) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री