काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड अब नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को राष्ट्रिय भुक्तानी प्रणाली एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आबद्ध भएको छ।
बैंक तथा वित्तीय क्षेत्रका लागि राष्ट्रिय स्तरको कार्ड स्विच प्रणालीमा सहभागी बन्ने उद्देश्यसहित गरिएको सम्झौतामा गुहेश्वरी मर्चेन्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालकै पहिलो डोमेस्टिक कार्ड नेपाल पे को सदस्य बन्न आह्वान गरेपछि उक्त साझेदारी प्रक्रिया अघि बढाइएको हो।
सम्झौता अनुसार, अब गुहेश्वरी मर्चेन्ट फाइनान्सले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड इस्यु गर्ने तथा कार्डबाट भुक्तानी सेवा प्रवाह गर्ने अधिकार प्राप्त गर्नेछ। यसले ग्राहकलाई कम लागतमा सुरक्षित तथा सहज भुक्तानी सुविधा दिनेछ।



