मेयर बालेनले ६ महिनापछि बोलाए कार्यपालिका बैठक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कार्यपालिका बैठक बोलाएका छन् । मेयर बालेनले करिब ६ महिनापछि कार्यपालिका बैठक बोलाएका हुन् ।

बैठक शुक्रबार दिउँसो २ बजे बस्नेछ । वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीले बैठक बस्ने पक्का भएको जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कार्यपालिका बैठक महिनामा कम्तीमा एकपटक बस्नुपर्ने व्यवस्था छ ।

बैठक डाक्ने र अध्यक्षता गर्ने जिम्मेवारी मेयरको हुन्छ । तर काठमाडौं टावरको नक्सा पाससम्बन्धी विवाद चर्किएपछि मेयर शाहले गत पुस महिनादेखि बैठक बोलाएका थिएनन् । अब भने झण्डै ६ महिनापछि पहिलोपटक कार्यपालिका बैठक बस्न लागेको हो ।

बैठकमा नक्सा पास, नीति कार्यक्रम कार्यान्वयन, आगामी बजेट कार्यान्वयनलगायतका एजेन्डा समेटिने अनुमान गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री