काठमाडौं । ग्राहकले हाम्रोबीएनपीएल प्रयोग गरी ६० भन्दा धेरै प्रतिष्ठित ब्रान्डका ६ सय बढी सामग्रीहरू सहज र आकर्षक रूपमा किनमेल गर्न सक्ने भएका छन् । यस सेवाअन्तर्गत अहिले नै सामग्री खरिद गरेर पछि मासिक किस्ताबन्दीमा सजिलै भुक्तानी गर्ने सुविधा उपलब्ध भएको छ ।
एप्पल, सोनी, सामसङ, एलजी, डेल, एनआईयू, टाइटन, श्री बालाजी हीरा जस्ता लोकप्रिय ब्रान्डका मोबाइल फोन, घरायसी उपकरण, घडी, गहना लगायतका सामग्रीहरू खरिद गर्दा ‘बाइ नाउ पे लेटर’ भन्ने सुविधाको फाइदा लिन सकिनेछ । सेवाग्राहीहरूले foneloan.hamrobazaar.com मा गई वा सोनी, ओलिज स्टोर, अनर, बिग डिजिटलजस्ता पसलहरूमा गई पनि यो सुविधा उपयोग गर्न सक्नेछन् ।
फोनलोनका लागि योग्य सेवाग्राहीहरूले हाम्रोबीएनपिएलमार्फत केही विशेष सामग्रीहरूमा ब्याजरहित किस्ताबन्दी (मासिक किस्ता) को सुविधा समेत पाउनेछन् । हाल कृषि विकास बैंक, नेपाल लगानी मेगा बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक र नबिल बैंकका फोनलोन योग्य सेवाग्राहीहरूले यो सेवा उपयोग गर्न सक्नेछन् ।




