राष्ट्रपति पौडेलद्वारा ३ जना सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३ जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका छन् ।

राष्ट्रपति पौडेलले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्‌को सिफारिसमा उक्त व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री