साताको पहिलो दिन नेप्सेमा सामान्य सुधार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ। यद्यपि, कारोबार रकममा भने गिरावट आएको छ भने अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज नेप्से परिसूचक २.४० अंकले बढेर दुई हजार ७०६.३६ विन्दुमा पुगेर बन्द भएको छ। तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खुम्चिँदै ९ अर्ब ७१ करोड ३२ लाख रुपैयाँमा सीमित रह्यो। दिनभरमा कूल २ करोड ७१ लाख कित्ता शेयरको किनबेच भएको नेप्सेले जनाएको छ।

सूचक सामान्य अंकले बढे पनि बजारको समग्र प्रवृत्ति भने नकारात्मक देखियो। आज कारोबारमा आएकामध्ये ८७ वटा कम्पनीको शेयरमूल्य बढ्दा १६२ कम्पनीको मूल्यमा गिरावट आएको छ।

आज नेपाल फाइनान्सको शेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन्। त्यसैगरी, कारोबार रकमका आधारमा नेपाल रि–इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको एक्लै ४९ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री