इनरुवाबाट ब्राउनसुगरसहित युवक पक्राउ

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसचोक क्षेत्रबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।

बिहीबार दिउँसो १२ः३० बजे विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कको संयुक्त टोलीले इटहरी उपमहानगरपालिका–२ का २३ वर्षीय शिशिर भट्टराईलाई पक्राउ गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका भट्टराई शंकास्पद देखिएपछि चेकजाँच गर्दा उनले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ८.४ ग्राम (आठ ग्राम चार सय मिलिग्राम) ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

भट्टराईविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री