भूकम्पपीडितको टहरोमा ढुङ्गा खस्दा दिदीबहिनीको मृत्यु

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ। बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी क१८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको हो ।

नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । प्रहरी समेत घटनास्थलमा पुगेर जानकारी लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री