भाटभटेनीमा SCT-UPI कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज (SCT) ले भाटभटेनी सुपरमार्केटका ग्राहकहरूका लागि आकर्षक छुट योजना सार्वजनिक गरेको छ। ‘स्मार्ट जुलाई’ नाम दिइएको यो अफरअन्तर्गत ग्राहकहरूले भाटभटेनीका कुनै पनि शाखाबाट सामान खरिद गरी SCT-UPI डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत तत्काल छुट पाउनेछन्।

कम्पनीका अनुसार, जुलाई १ (असार १७) देखि सुरु भएको यो योजना जुलाई ३१ (साउन १६) सम्म चल्नेछ। यो अफर अवधिभर ग्राहकले एक पटकको कारोबारमा अधिकतम रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्नका लागि ग्राहकले अनिवार्य रूपमा POS मेसिनमार्फत आफ्नो SCT-UPI कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। यो सुविधा भाटभटेनीका देशभरि रहेका १२० भन्दा बढी शाखाहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

SCT ले यसअघि भाटभटेनीसँगको सहकार्यमा हरेक बुधबार ‘SCT Smart Wednesday’ अफर सञ्चालन गर्दै आएको थियो। सोही अफरलाई थप विस्तार गर्दै ग्राहकलाई महिनाभरि नै लाभ दिने उद्देश्यले ‘स्मार्ट जुलाई’ अफर ल्याइएको हो। कम्पनीका अनुसार, जुलाई महिनाभर यो विशेष अफर लागू हुनेछ भने अगस्टको पहिलो बुधबारदेखि ‘स्मार्ट वेनस्डे’ अफर पुनः सुचारु हुनेछ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त SCT नेटवर्कमा हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीहरू आबद्ध छन्। यी सबै संस्थाबाट जारी भएका SCT-UPI कार्ड प्रयोगकर्ताले यो छुटको लाभ लिन सक्नेछन्।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र नगदरहित कारोबारलाई बढावा दिने उद्देश्यले यो अफर ल्याइएको SCT ले जनाएको छ। SCT-UPI डेबिट कार्ड नभएका ग्राहकहरूले पनि यो अफरमा सहभागी हुन आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी तुरुन्तै कार्डका लागि आवेदन दिन सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री