प्रतिलिटर ५ रुपैयाँले बढेको पेट्रोलको मूल्य लागू, अब कति पर्छ ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ ।

नयाँ मूल्य दर आजदेखि लागू भएको छ । निगमले भारतबाट मूल्य बढेर आएका कारण त्यसै अनुसार समायोजन गरिएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री