मोटरसाइकल नालामा खस्दा युवकको मृत्यु

काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टोलमा गए राति दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेपछि जुगेडाका रवीन्द्र सिंह गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते सिंहलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री