काठमाडौं । यामाहा नेपालले नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ आयोजना गरेको छ। गत जेठ २६ गते सम्पन्न यो कार्यक्रमले देशभरबाट छानिएर आएका टु-ह्विलर क्षेत्रका उत्कृष्ट सेल्स प्रोफेसनलहरूको प्रतिभा, ज्ञान र समर्पणलाई सम्मानित गरेको कम्पनीले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने सबै सेल्स प्रोफेसनलहरू विभिन्न क्षेत्रीय चरणहरू पार गर्दै राष्ट्रिय स्तरमा उक्लिएका थिए।
यामाहा नेटवर्कभित्र बिक्री क्षमताको मूल्याङ्कन र सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता अटो बेसिक्स, उत्पादनको ज्ञान, प्रतिस्पर्धाको जानकारी, बिक्री प्रक्रिया, भाइभा र उत्पादन प्रदर्शन गरी छवटा मुख्य विधामा आधारित थियो। एक दिनको तीव्र प्रतिस्पर्धा र व्यापक मूल्याङ्कनपछि उत्कृष्ट तीन प्रतिभाहरूले उपाधि जित्न सफल भएका थिए।
यसअनुसार भीएडब्लू इन्टरप्राइजेज पोखराका समुन्द्र पंगेनी विजेता बनेका थिए। उनले नगद ३० हजार रुपैयाँ जिते। त्यसैगरी एलएस इन्टरप्राइजेज लालबन्दीकी प्रमिला श्रेष्ठ फर्स्ट रनरअप भइन्। उनले नगद २० हजार रुपैयाँ जितिन् भने द ह्विल्स सल्लाघारीका विकास रञ्जितकार सेकेन्ड रनरअप बने। उनले नगद १० हजार रुपैयाँ जिते।
सबै नेसनल फाइनलिस्टहरूलाई उनीहरूको मेहनत, पेसागत प्रतिबद्धता र यामाहाको कस्टमर फर्स्ट फिलोसोफीप्रति समर्पणको कदरस्वरूप प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरिएको थियो।
पुरस्कारहरू एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल र ह्युमन रिसोर्स विभाग प्रमुख शम्भु प्रसाद कोइरालाले वितरण गरेका थिए।
सो अवसरमा बोल्दै सीईओ अग्रवालले भने, “हाम्रा जनशक्ति नै यामाहा नेपालको सफलताको मुख्य आधार हुन्। यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, हाम्रा सेल्स प्रोफेसनलहरूको अनुशासन, उत्साह र ज्ञानको उत्सव पनि हो। एक उच्च- प्रविधियुक्त विश्वस्तरीय ब्रान्ड हुनुका नाताले यामाहा निरन्तर सिकाइ र क्षमता विकासमा विश्वास राख्दछ। एमएडब्लु राइड्सले आफ्ना जनशक्तिमा निरन्तर लगानी गर्नेछ किनकि उनीहरू नै यामाहाको विश्वव्यापी गुणस्तरलाई ग्राहक अनुभवमा रूपान्तरण गर्ने आधारहरू हुन्।”




