कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्‍भावना दूत छनोट गर्ने

काठमाडौं । दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले प्रतिस्पर्धामार्फत तीन जना ब्रान्ड एम्बेसडर (सद्भावना दूत) चयन गर्ने भएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले आगामी माघसम्म सञ्चालन हुने प्रतियोगितामार्फत प्रतिभावान अनुहारहरू खोजी गर्न लागेको जानकारी दिएको हो।

कार्यक्रम तीन चरणमा सम्पन्न हुनेछ। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने तीन जनालाई नगदसहित विशेष सम्झौतामा ब्रान्ड एम्बेसडरको अवसर प्रदान गरिनेछ।
कार्यकारी निर्देशक बिमलराज गोसाइँका अनुसार:

  • पहिलो स्थान प्राप्त गर्नेलाई रु ५ लाख नगद र १ करोड बराबरको एक वर्षे सम्झौता

  • दोस्रो हुनेलाई रु ४ लाख नगद र ५० लाखको सम्झौता

  • तेस्रो स्थान हासिल गर्नेलाई रु ३ लाख नगद र ३० लाखको वार्षिक सम्झौता प्रदान गरिनेछ।

कार्यक्रम संयोजक विजय बस्नेतले प्रतियोगितामा सहभागी हुन इच्छुकले एसवाईको नेपालस्थित सहायक कम्पनीहरूको प्रवर्द्धनात्मक भिडियो तयार पारेर पेस गर्नुपर्ने बताए। त्यसैका आधारमा दूत छनोट गरिनेछ।

गोसाइँका अनुसार, देशभर छरिएका प्रतिभाहरूलाई उजागर गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

नेपालमा एसवाई ग्रुपका विभिन्न सहायक कम्पनीहरूमार्फत हालसम्म २०० जनाभन्दा बढीले प्रत्यक्ष, र २० हजारभन्दा बढीले अप्रत्यक्ष रूपमा रोजगार पाएको कम्पनीको दाबी छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप