ज्ञानेन्द्र शाहको जन्मोत्सव, जनतालाई निर्मल निवासमा निम्तो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९औँ जन्मोत्सवको अवसरमा सर्वसाधारण तथा शुभेच्छुकहरूलाई भेट्ने भएका छन् । यही असार २३ गते पर्ने जन्मोत्सवका दिन उनले शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि आफ्नो निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गर्ने भएका हुन् ।

पूर्वराजा शाहको संवाद सचिवालयले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सचिवालयका संवाद सचिव डा. फणिराज पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा जन्मोत्सवका दिन आयोजना हुने कार्यक्रमबारे उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनचाहनाअनुसार निर्मल निवासमा आयोजना हुने समारोहमा मौसुफबाट शुभकामना तथा अभिवादन ग्रहण गरिबक्सने कार्यक्रम रहेको छ ।’

विज्ञप्तिअनुसार, जन्मोत्सवका दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक, विभिन्न संघसंस्था तथा आमनागरिकका लागि निर्मल निवास खुला रहनेछ । पूर्वराजा शाहले हरेक वर्ष आफ्नो जन्मोत्सवमा शुभेच्छुकहरूसँग भेटघाट कार्यक्रम आयोजना गर्दै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री