राष्ट्रपति पौडेलद्वारा नवनियुक्त राजदूतलाई प्रमाणपत्र प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले राष्ट्रपति पौडेललाई प्रमाणपत्र पेश गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार, ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नेमा बंगलादेशका आवासीय राजदूत मोहम्मद शफिकुर रहमान तथा दक्षिण अफ्रिका, एङ्गोला र अर्जेन्टिनाका गैरआवासीय राजदूतहरू रहेका छन् । गैरआवासीय राजदूतहरूमा दक्षिण अफ्रिकाका अनिल सुकलाल, एङ्गोलाका क्लेमेन्ट पेड्रो फ्रान्सिस्को कामेन्हा र अर्जेन्टिनाका मारियानो अगस्टिन छन् ।

त्यसअघि, नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराई सम्मानपूर्वक लगिएको थियो । प्रमाणपत्र प्रस्तुति समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री