चन्द्रागिरीमा चक्कु प्रहारबाट एक जना घाइते, एक जना पक्राउ

काठमाडाैं । काठमाडौंको चन्द्रागिरिस्थित गोदामचोकमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्  ।

शनिबार राति १० बजेतिर चन्द्रागिरि नगरपालिका-४ गोदामचोकमा बस्ने ४६ वर्षीय सुकबहादुर लामामाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए । सुकबहादुरमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय महेश्वर लामालाई पक्राउ गरेको छ ।

उनीहरू दुई जनाबीच झगडा भएको थियो । त्यही बेला महेश्वरले सुकबहादुरमाथि चक्कु प्रहार गरेको एसपी बोहराले बताए । चक्कु प्रहारबाट सुकबहादुरको घाँटीमुनि चोट लागेको छ। उनको उपचारको लागि स्थानीय गोदाम स्वास्थ्य चौकी पठाइएको थियो । उनी बोल्न सक्ने अवस्थामा छन् ।

झगडा हुँदा महेश्वर पनि सामान्य घाइते छन् । प्रहरी वृत्त थानकोटले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री