अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण, ट्रम्पले भने- ‘एक अद्भूत सैन्य सफलता’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेका तीन वटा आणविक केन्द्रहरूमा गरिएको अमेरिकी सैन्य आक्रमणलाई ‘एक अद्भूत सैन्य सफलता’ भएको बताएका छन् । ह्वाइट हाउसको क्रस हलबाट सम्बोधनका क्रममा उनले यी आक्रमणहरू एक अद्भूत सैन्य सफलता भएको बताएका हुन् ।

सम्बोधनका क्रममा उनले इरानका मुख्य आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको बताएका छन् ।अमेरिकाले इरानको फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको हो । उनले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको उनले उल्लेख गरेका छन् ।

उक्त वक्तव्यको क्रममा ट्रम्पको साथमा उपराष्ट्रपति जेडी भान्स, विदेश मन्त्री मार्को रुबियो र रक्षा मन्त्री पिट हेगसेथ उपस्थित थिए । युद्ध विरोधी मतले चुनाव जितेका ट्रम्प आफै इजरायली युद्धमा जोडिएसँगै उनको अमेरिकामै आलोचना भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री