सुन तस्करी प्रकरण : फरार आरोपी अमला रोक्का पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी समेत रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो ।

उनी ६१ किलो अवैध सुन तस्करीको मुद्दामा अनुसन्धान सुरु भए लगतै फरार भएकी थिइन् । प्रहरीले अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरेको थियो । उनलाई फरार सूचीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

सोही अनुसन्धानमा दावा छिरिङ र अन्यलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप