डोटीमा जीप दुर्घटना : दुई जनाको घटनास्थमै मृत्यु, ६ घाइते

काठमाडौं । डोटीको आदर्श गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो साढे १ बजेतिर दिपायलबाट आदर्श गाउँपालिका-७ दहकालिकातिर जाँदै गरेको सु प्र प्र ०१००१ ज१३९५ नम्बरको जीप आदर्श गाउँपालिका-१ दोबाजमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जीप मोडमा अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने काम भइरहेको छ । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप