काठमाडौँ । मनसुन शुक्रबारदेखि देशभर फैलिएको छ । गएको जेठ १५ गते बिहीबार राति नेपालको कोशी प्रदेशमा भित्रिएको मनसुन २३औं दिनमा देशभर फैलिएको मौसमविदले जनाएका छन् ।
यसअघि मध्य क्षेत्र हुँदै पश्चिमका गण्डकी र लुम्बिनीसम्म मनसुन फैलिएको थियो । आज मनसुन देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जानकारी दिएको छ I।
यसपालि सामान्यतया १५ दिन अगाडि नै नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा सामान्यतया जून १३ तारिखमा भित्रिने र एक हप्ताभित्र देशभर विस्तार हुने गरेकोमा यस पटक विस्तार हुन ढिला भएको हो । नेपालमा असोज मध्यसम्म मनसुन सक्रिय हुने गर्छ ।
तपाईंको प्रतिकृया




