सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका-७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो ।

तत्काल अस्पताल पुर्‍याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो। उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप