काठमाडाैँ । विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखको कुल आम्दानी कति हुन्छ भन्ने थाहा पाउन त्यति सजिलो छैन। किनकि, उनीहरुले तलबभन्दा दोब्बर–तेब्बर वढी रकम भत्तालगातका शीर्षकमा लिन्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
अमेरिकी रापष्ट्रपतिको तलब वार्षीक चार लाख अमेरिकी डलर हुन्छ। तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षीक एक डलर मात्र तलब लिने घोषणा गरेका छन्।
सिंगापुरका प्रधानमन्त्री ली सिन लुङको तलब वार्षीक २० लाख अमेरिकी डलर छ। चीनका प्रधानमन्त्री सि जिन पिङ वर्षीक २२ हजार अमेरिकी डलर तलब लिन्छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षीक दुई लाख ७६ हजार तलब लिन्छन्। उनी मासिक भत्ता आठ सय ८३ अमेरिकी डलर लिन्छन्। बेलायतकी प्रधानमन्त्री थेरेसा मे वार्षीक १ लाख ७० हजार अमेरिकी डलर तलब लिन्छिन्।
त्यस्तै जर्मन चान्सलर एन्जिला मर्केल वार्षीक २ लाख २७ हजार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वार्षीक एक लाख १२ हजार डलर तलब लिन्छन्।
प्रतिकृया दिनुहॊस