काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




