बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने जस्तै रहेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको सोमबा) को बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद केसीले ‘यस पटकको बजेट पनि ‘कौवा (काग) लाई बेल पाक्यो हर्ष न बिस्मात’ भन्दै टिप्पणी गरेका हुन्। ‘आम जनता खुसी छैनन्। यो बजेट मुठ्ठीभरका निम्ति बनेको भन्दा फरक पर्दैन,’ उनले भने।

सांसद केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको भन्दै बजेटले स्वदेशमै रोजगारीको सम्भावना देखाउन नसकेको बताए। ‘प्रत्येक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुन्छन् । तर, सरकारले उनीहरूलाई रोजगारी दिने गरी बजेटमा कुनै कार्यक्रम समावेश गरेको छैन, रोजगारी सिर्जना गर्न सक्ने क्षेत्रहरू कृषि, उद्योग, श्रम क्षेत्र कतै पनि रोजगारको सम्भावना देखिएको छैन’, उनले भने।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री