होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक बीच विशेष छुट सम्झौता

काठमाडौँ । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन ।

सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्यु मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता–पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंक लि।का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री