काठमाडौं । भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको छ । अहमदावादबाट लण्डनका लागि उडेको विमान उडेको दुई मिनेटमै दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसमेत कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
भारतीय समय अनुसार, दिउँसो २ बजेर ३८ मिनेटमा अहमदावाद विमानस्थलबाट उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान २ बजेर ४० मिनेटमा भुइँमा बजारिँदै आगोको विशाल गोलामा परिणत भएको थियो । टाटा कम्पनीको स्वामित्वमा रहेको उक्त विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए ।
UPDATE: Air India confirms that flight AI171, operating from Ahmedabad to London Gatwick on 12 June 2025, was involved in an accident.
The 12-year-old Boeing 787-8 aircraft departed from Ahmedabad at 1338 hrs, carrying 230 passengers and 12 crew.
The aircraft crashed shortly…
— Air India (@airindia) June 12, 2025
घटनास्थलको निरीक्षणपछि भारतीय गृहमन्त्री अमित शाहले विमानमा रहेका एक यात्रुबाहेक सबैको मृत्यु भएको पुष्टि गरे । ‘मैले बाँच्न सफल एकमात्र यात्रुसँग कुराकानी गरेको छु,’ शाहले पत्रकारहरूलाई भने, ‘उनी भारतीय मूलका ब्रिटिश नागरिक हुन् र हाल उनको उपचार भइरहेको छ ।’
मृतक यात्रुहरूमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक छन् । दुर्घटनामा विमानको सिट नम्बर ११एमा बसेका विश्वास कुमार रमेश नामका भारतीय मूलका बेलायती नागरिक मात्र बाँच्न सफल भएका हुन् । दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीले पनि ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।
विमानको स्वामित्व लिएको टाटा कम्पनीले तत्कालै दुर्घटनामा मृत्यु भएका प्रत्येक यात्रुका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । साथै, जीवित एकमात्र यात्रुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र विमान ठोक्किएर क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ ।
We are deeply anguished by the tragic event involving Air India Flight 171.
No words can adequately express the grief we feel at this moment. Our thoughts and prayers are with the families who have lost their loved ones, and with those who have been injured.
Tata Group will…
— Tata Group (@TataCompanies) June 12, 2025




