नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि पहिलो संस्करणको स्टल बाँडफाँड कार्यक्रम संस्थाको कमलपोखरीस्थित कार्यालयमा सम्पन्न गरेको छ ।

उक्त प्रदर्शनी २०८२ साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ ।

उक्त कार्यक्रममा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र व्यावसायिक सवारी साधन क्षेत्र गरी ५० ब्रान्डको रुपमा उत्साहजनक सहभागिता रहेको थियो ।

कुल ४८ स्टल मध्ये २१ वटा चार पाङ्ग्रे सवारी ब्रान्डलाई १८ वट दुई पाङ्ग्रे ब्रान्डलाई ९ वटा स्टल व्यावसायिक सवारी ब्रान्डलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागीताले हामी अत्यन्त र उत्साहित छौँ । सबै स्टल बुक भइसकेका छन् र अब हामी प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रित गर्दै छौँ’ नाइमा अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।

नाइमाले नेपालको मोबिलिटि क्षेत्रको साझा आवाजको प्रतिनिधि गर्ने , रणनीतिक सहकार्य गर्ने, विकासमा योगदान पुर्‍याउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माताहरूसँग पैरवी गर्ने थलोको रुपमा काम गर्दछ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ ले परम्परागत ढाँचामा नवीनता ल्याउने आयोजकले जनाएको छ । यो प्रदर्शनीले बजारमा धेरै उपभोक्ता र अटोमोबाइल व्यवसायहरूलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढंगले प्रस्तुत गर्ने अवसर पाउने बताइएको छ ।

प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रा.लीले गर्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री